खेलाडीकाे पक्षमा बोल्दै कप्तान किरणले भने : प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन्।

खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विबाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन्।

हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने,‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ।’

यसअघि एसियन कप– २०२३ छनोटका लागि खेलाडी राखिएको होटेलको बिषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसँग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउदै होटेलसहित टिम अभ्यास सत्र छाडेका थिए।

यस्तै किरणले जायज माग उठाउँदा क्याम्प नै छोड्न लगाउनु सही नभएको र आफू खेलाडी पक्षमा रहेको धारणा राखेका हुन्।‘राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु। जय नेपाल,’ किरन भन्छन्।

प्रकाशित मिति: : 2022-04-28 06:17:00

प्रतिकृया दिनुहोस्