नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्न्यास लिने तयारी गरेका छन्।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको भोलिपल्ट घिमिरेले सक्रिय राजनीतिबाट विदा लिने मनस्थिति सार्वजनिक गरेका हुन्।
‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ।’