भूकम्पले नेपालीहरूकाे धराेहर अर्थात् काठमाडाैँकाे सुनधारास्थति धरहरा भत्किएकाे आज ७ वर्ष पूरा भएकाे छ। वि.सं. २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएकाे ७.६ म्याग्निच्युडको भूकम्पबाट धरहरा भत्किएकाे थियाे।
धरहरा भत्किएकाे ७ वर्ष बित्दा पनि पुन: धरहरा चढेर काठमाडाैँकाे अवलाेकन गर्ने नेपालीकाे चाहना पूरा हुन सकेकाे छैन। बरू राजनीतिक दलहरूले यसलाई भजाएर भाेट माग्ने हतियार बनाएका छन्।
आजभन्दा १ वर्ष अगाडि तत्कालिन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्णमा कार्य सम्पन्न भयाे भनेर निक्कै तामझामका साथ उद्घाटन गरेपनि धरहराकाे पुन:निर्माणकाे काम अहिलेसम्म पनि सकिएकाे छैन। १ वर्षअघि नै ओलीले उद्घाटन गरेकाे धरहरा निर्माणकाे काम कहिले सकिन्छ ? कहिलेदेखि चढ्न पाइएला धरहरा ? भन्ने लगायतका प्रश्न लिएर बिएल नेपाली सेवाकाे टाेली धरहरा पुग्दा अझै २० प्रतिशत काम बाँकी रहेकाे पाइएकाे छ।
भाैतिक संरचनाकाे उद्घटन गरेर चर्चा कमाउने माेहमा रहेका ओलीले उद्घटन गरेपछि धरहरामा सबै नेपाली चढ्न पाउनुपर्ने हाे तर उद्घटनपछि यसकाे पुननिर्माणमा झन ढिलासुस्ती भएकाे छ। धरहराकाे स्तम्भ ठडिए पनि पूर्णरूपमा काम सकिन र आम नेपालीहरू चढ्नकाे लागि तयार हुन अझै समय लाग्ने याेजना व्यवस्थापक सञ्जय नकर्मीले बताएका छन्।
‘एक वर्षअघि नै उद्घाटन गरिएकाे भए पनि धरहराकाे निर्माण काम सकिएकाे छैन्,’ नकर्मीले भने,‘निर्माण कार्य सकिन अझै समय लाग्छ। अझै २० प्रतिशत काम सकिनै बाँकी छ।’
त्यसाे त निर्माण कार्य सकिन समय लाग्ने भए पनि एमाले अध्यक्ष ओली भने आफूले धरहरा बनाएकाे भन्दै जनतामाझ धरहराकै तस्बिर देखाएर भाेट माग्न घर–घर पुगेका छन्। एमाले घाेषणापत्रमै यसलाई समावेश गरिएकाे छ। भने अन्य राजनीतिक दलहरूले यसलाई भाेट माग्ने हतियार बनाएका छन्।
यही विषयमा रहेर बिएल नेपाली सेवाले तयार गरेकाे भिडियाे रिपाेर्ट प्रस्तुत छ:-