नेतृत्वमा पुस्तान्तरण

नयाँ पत्रिका दैनिक

शुरोजंग पाण्डे

प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रले ०७८ मा एक महिनाभित्र पार्टी महाधिवेशन सम्पन्न गरे । केही दिनको फरकमा महाधिवेशन सम्पन्न गरेका तीनवटै प्रमुख दलभित्र संयोग यस्तो मिल्यो कि केन्द्रीय कमिटीको प्रमुख नेतृत्वमा पुरानै अनुहार दोहोरिएका छन् ।

साढे सात वर्षपछि (१०–१४ मंसिर ०७८) मा दशौँ महाधिवेशन आयोजना गरेको एमालेको अध्यक्षमा केपी ओली (७० वर्ष) दोहोरिएर निर्वाचित भए । पार्टी एकता भएर नेकपा निर्माणलाई एमालेले भनेअनुसार शून्य अवधि मान्ने हो भने करिब साढे पाँच वर्ष ओली नेतृत्वमा रहे । एमाले विधानअनुसार ओली पुनः पार्टी अध्यक्ष बन्न पाउनेछैनन् ।

एमाले महाधिवेशन सकिएको दुई साताकै बीचमा (२४–२९ मंसिर ०७८) मा ६ वर्षपछि चौधौँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसमा पनि दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा (७४ वर्ष) सभापतिमा निर्वाचित भए । देउवाले केही दिनअगाडि मात्रै लामो समय राजनीति नगर्ने भनेर यसैलाई अन्तिम कार्यकाल हुने जनाउ दिइसकेका छन् । 

कांग्रेस महाधिवेशन सकिएको दुई सातापछि आठौँ राष्ट्रिय महाधिवेशन (११–२८ पुस ०७८) सम्पन्न गरेको माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड (६७ वर्ष) पुनः सर्वसम्मत चुनिए । महाधिवेशनले केन्द्रीय कमिटी चयन ग¥यो र केन्द्रीय कमिटीबाट प्रचण्ड सर्वसम्मत अध्यक्षमा चुनिए । प्रचण्डले अध्यक्षमा चुनिएपछि अन्तिमपटकका लागि नेतृत्व लिएको सार्वजनिक रूपमै बताएका छन् । यद्यपि, उनी ३६ वर्षदेखि पार्टी नेतृत्वमा छन् । 

प्रकाशित मिति: : 2022-04-23 18:13:00

प्रतिकृया दिनुहोस्