१ लाखभन्दा बढी विद्यार्थीले लिए एनओसी, वर्षेनी उच्च शिक्षाका लागि खर्बौँं विदेशिन्छ

थाहा खबर

काठमाडौं

सरकारले अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने व्यवस्था गरेपछि हालसम्म १ लाखभन्दा बढी नेपाली विद्यार्थीले एनओसी लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ भदौ १२ गतेदेखि एनओसीको अनलाइन सेवा शुरु गरेको थियो।

शिक्षा मन्त्रालयको वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव हरिप्रसाद निरौलाले अनलाइन सेवा शुरु भएदेखि १ लाखभन्दा बढीले एनओसी लिइसकेको जानकारी दिए।

‘अनलाइन शुरु भएको २० महिना भयो, हिजै एनओसी लिनेको संख्या १ लाख नाघिसक्यो,’ उनले भने। २० करोड रूपैयाँभन्दा बढी राजश्व संकलन भएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2022-04-20 18:58:00

प्रतिकृया दिनुहोस्