काठमाडाैँका मजदुर भन्छन् : विदेश जान नपर्ने भए पाे भाेट हाल्नु (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

चुनाव नजिकिएसँगै चुनावमा उठ्ने प्रतिनिधिहरु उत्साहित हुन थालेका छन्। भोट माग्नका लागि उम्मेदवारहरु घर–घरमै पुग्न थालिसकेका छन्।

स्थानीय चुनावका लागि प्रतिनिधिहरु मात्र नभई भोट हाल्ने जनताहरु पनि उत्साहित भइरहेका छन्। सर्वसाधारण भोट हाल्नकै निम्ती सहरदेखि गाउँ जाने तयारीमा छन्। 

काठमाडौंको वसन्तपुरमा भारी बोक्ने केदार परियार गाउँ जाने तयारीमा छन्। 

आफू भोट हाल्नका लागि गाउँ जान लागेको उनी बताउँछन्। 

‘देशलाई परिवर्तन गर्नका लागि हामीले भोट हाल्न जरुरी छ’ बिएल नेपाली सेवासँग कुराकानी गर्दे उनले भने, ‘भोट हालेर जिताउनु हाम्रो अधिकार हो।’ 

पछिल्लो चुनावमा आफूले कांग्रेसलाई भोट हालेर जिताएको बताउँदै उनले भने, ‘यो पटक एमालेलाई भोट हालेर जिताउने हो।’ एमालेलाई जिताए गाउँको विकास हुने उनको विश्वास छ। 

त्यस्तै काभ्रेका ५६ वर्षिय गणेशप्रसाद तिमल्सिना पनि भोट हाल्ने बताउँछन्।

अबको प्रतिनिधि बदल्नुपर्ने भन्दै उनी भन्छन्,‘अब देशमा युवाले शासन चलाउनुपर्छ। वृद्धहरुले देश चलाउन सक्दैनन्।’ 

हालको प्रतिनिधिलाई फेर्नुपर्ने उनको भनाई छ। ‘देशको प्रतिनिधि नबदलिए देशको विकास हुदैँन,’ उनले भने।  

अबको चुनाव नेताहरुको लागि नभई जनताको लागि हुनुपर्ने उत्तम श्रेष्ठ बताउँछन्। 

अहिलेको प्रतिनिधिलाई हटाउनुपर्ने भन्दै देशको चिन्ता गर्नेलाई जिताउनुपर्ने उनको भनाइ छ।

‘वैशाख ११ गते विदेश जादैँछु’ उनले भने,‘विदेश जान नपर्ने भए भोट हालेर राम्रो मान्छेलाई जिताउनु थिएँ।’ अब आउने प्रतिनिधिले जनतालाई सहयोग गर्नेपर्ने उनले बताए। 

बसन्तपुरमा सवारी साधनलाई ‘पार्किङ’ गराउने सर्जी चौधरी देशको सरंक्षण गर्नेको पक्षमा छन्। 

उनी अबको चुनावमा देशको विकास गर्नेलाई भोट दिने बताउँछन्। ‘म त्यस्तो व्यक्तिलाई भोट दिन्छु। जसले हामी जनताको मर्म बुझनेछ’ उनले भने। 

देशमा भएका प्रतिनिधिले विकासको काम गरेको आफूले नदेखेको बताउँदै उनले भने,‘अहिलेको प्रतिनिधिलाई हटाउनुपर्छ। राम्रो गर्नेलाई जिताउनुपर्छ।’ 

अहिले देशमा जनतासमक्ष गरेको वाचालाई पूरा गर्ने प्रतिनिधि चाहिएको उनले बताए। 

सिन्धलीका ५३ वर्षिय बुद्ध परियार एमालेलाई जिताउने बताउँछन्। 

आफ्नो गाउँको विकास एमालले नै गर्न सक्ने भन्दै उनले भने,‘नेपाली कांग्रेसलाई जिताएर हामीले केही पाएनौँ,’ ०७४ को युनावमा एमाललेलाई भोट दिएर जिताएको बताउँदै उनले भने, ‘कांग्रेसले हाम्रो गाउँको विकास गरेन। त्यसैले एमाललेलाई जिताउने पक्षमा छु।’ 

बसन्तपुरमा कपडा बेच्दै आएकी कान्छी धमनी देशको विकास गर्नेलाई भोट दिने सोचमा छिन्। 

अहिलेको प्रतिनिधिले विकास नगरेको भन्दै उनले भनिन्,‘राम्रो काम गर्नेलाई भोट दिनेछु।’ देशको भलाई गर्ने मात्र प्रतिनिधि हुनुपर्ने उनको भनाइ छ। 

सर्लाहीकी अनिता देवी ‘प्लास्टिक’ दिप्ने काम गर्छिन्। घरको आर्थिकस्थिती नाजुक भएका कारण  आफूले यस्तो काम गरेको उनले बताइन्। 

‘लोग्ने रक्सी पिउँछ, छोराछोरीलाई हुर्काउनुको लागि प्लास्टिक दिपेर हिडँछु’ उनले भनिन्, ‘पढे लेखेको छैन, अरु केही काम जादिँन।’

आफ्नो देशको सरकार राम्रो भए सर्वसाधारणले सुख पाउने उनको विश्वास छ।

त्यसैले उनी भोट हाल्न गाउँ जाने तयारी गर्देछिन्। ‘राम्रो काम गर्नेलाई भोट दिनेछु’ उनले भनिन्, ‘हामी जस्ता काम गर्नेहरुले पनि राम्रो काम पाउँछ भन्ने आश छ।

प्रकाशित मिति: : 2022-04-18 11:37:00

प्रतिकृया दिनुहोस्