कांग्रेस कुनै महानगर छाड्न तयार छैन ! संघको चुनावमा प्रचण्डलाई सहयोग गरेर भरतपुर लिने प्रयास

बाह्रखरी

काठमाडाैँ

काठमाडौं । स्थानीय तह निर्वाचन आउन ३९ दिन बाँकी छ । जिल्ला जिल्लामा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरू चुनावी गठबन्धनको मापदण्ड बनाउन व्यस्त छन् ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले चुनावी गठबन्धन पनि गर्ने निर्णय गरेसँगै स्थानीय तहमा रहेका गठबन्धन सम्बद्ध दलका नेताहरु मूर्तरुप दिन दिनहुँ छलफलमा जुटिरहेका छन् । कतिपय जिल्लाहरूमा मोडालिटीसहित गठबन्धन गर्ने औपचारिक सहमति भइसकेको छ । 

दलहरूले स्थानीय आवश्यकता र आफ्ना मतदाताको संख्याको आधारमा गठबन्धनको निर्णय गर्ने अधिकार पार्टीको स्थानीय संयन्त्रलाई दिने भने पनि अवस्था त्यस्तो छैन । तल्ला तहलाई अधिकार दिएको देखाइए पनि गठबन्धन भने केन्द्रबाटै निर्णय गर्ने तयारी छ ।

प्रकाशित मिति: : 2022-04-05 06:14:00

प्रतिकृया दिनुहोस्