दश वर्षदेखि अलपत्र पुल : निर्माणको म्याद सकिन नौ दिन बाँकी रहँदा मजदुर घाइते

पहिलोपोष्ट

काठमाडाैँ

पोखरा : आइतबार कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल  भत्किँदा आठ जना मजदुर घाइते भए। स्याङ्जाको चापाकोट नगरपालिका दामाचौर र रामपुर नगरपालिका पाल्पा जोड्ने पुल निर्माण गरिरहेका मजदुर घाइते भएका हुन्

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पुलको विम जोड्ने क्रममा विमसँगै मजदुर खसेर घाइते भएका थिए।

निर्माणाधीन सो पुलको निर्माण सक्ने अवधि यहीँ चैत मसान्तसम्म छ। निर्माण सम्पन्न गर्ने अवधी चैत मसान्तसम्म रहे पनि पुल भने दश वर्षदेखि अलपत्र परेको हो। जसको काम पनि जम्मा ४५ प्रतिशतमात्र सकिएको छ। 

२०६८ असार २६ गते सडक डिभिजन कार्यालय, पाल्पाले इलाइट एडी जेभीसँग तीन वर्षमा काम सक्नेगरी २१ करोड रुपैयाँमा सम्झौता गरेको थियो। तर, डिजाइनमा समस्या आएका कारण निर्माण कार्य समयमा सुरु हुन सकेन। डिजाइनकै बहाना र कोरोना देखाउँदै ठेकेदार कम्पनीले दश वर्षदेखि पुल अलपत्र पारेको हो। 

प्रकाशित मिति: : 2022-04-05 06:12:00

प्रतिकृया दिनुहोस्