त्रिविमा जागिर खाने काइदा: एक शब्दको उत्तर लेख्नेलाई १० मा ९ अंक, खाली छाड्ने पनि पास

लोकान्तर

अजय अनुरागी

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विश्वविद्यालयमा स्थायी पदपूर्तिका लागि लिएको परीक्षामा गम्भीर धाँधली भएको पाइएको छ ।

प्रश्नले मागेको उत्तर नै नलेखी उत्तरपुस्तिका खाली छाडेका परीक्षार्थीलाई उच्च अंक दिएर प्रथम  बनाइएको छ भने १० पूर्णाङ्कको प्रश्नमा १ शब्दको अक्षर लेख्दा ९ अंक दिइएको छ । 

आयोगले लिएको पुस्तकालय सहायक पदको लिखित परीक्षामा कुल ४ वटा प्रश्नमा कुनै उत्तर नलेख्दा पनि उच्च अंक दिइएको छ ।

त्यति मात्र होइन, शुरूमा दिएको अंकमा केरमेट गरी थप अंक दिएर पुस्तकालय सहायक पदका लागि महिला कोटातर्फको उम्मेदवारलाई प्रथम स्थानमा उत्तीर्ण गराएको खुलेको छ ।

कतिसम्म भने नागरिक समाज भनेको के हो ? भन्ने १० अंकको प्रश्नको जवाफमा 'नागरिक समाज' मात्र उत्तर लेख्दा पनि १० पूर्णाङ्कमा ९ अंक दिइएको छ ।

त्रिवि सेवा आयोगले स्थायी पदपूर्तिका लागि लिएको लेखा सहायक पद र पुस्तकालय सहायक पदको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर तथा मेरिट सूचीमा फेरदल गरी अनुत्तीर्णलाई उत्तीर्ण र उत्तीर्णलाई अनुत्तीर्ण बनाएको खुलासा भएको छ ।

प्रकाशित मिति: : 2022-04-03 15:55:00

प्रतिकृया दिनुहोस्