चिनियाँ विदेशमन्त्रीले गरे नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

बालुवाटारमा शनिबार साँझ आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन्।

विमानस्थलको साँचो परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नेछन् ।


 
 


 

प्रकाशित मिति: : 2022-03-26 19:25:00

प्रतिकृया दिनुहोस्