पर्यटकीय नगरी पोखराको हरिचोकबाट २० किलोमिटर दुरीमा छ ल्वाङ गाउँ। कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ मा पर्ने ल्वाङ गाउँ हरिचोकबाट हेम्जा, खानेपानी, भेडाबारी, खोरामुख हुँदै पुगिन्छ। ल्वाङमा २०६७ सालेदेखि सामुदायिक होमस्टे सञ्चालन गरिएको छ। परम्परागत शैलीका घर, गुजुमुज्ज परेको बस्तीले ल्वाङ गाउँ पुग्ने जो कोहीको मन लोभ्याउँछ। बस्तीका हरेक घर घरलाई जोड्ने ढुंगा छापिएको सफा चटिक्क परेको गोरेटो छ। यहाँका २१ घरधुरीले होमस्टे सञ्चालन गरेका छन्। २५० देखि ३०० जनासम्म पाहुना राख्न सक्ने होमस्टेको क्षमता छ।
तस्विहरू :