कांग्रेस केन्द्रीय कार्यालयमा देउवाविरुद्ध प्रदर्शन (फोटो फिचर)

Photo-NK
Photo-NK

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा उत्रेकाहरुले प्ले कार्डसहित सभापति शेरबहादुर देउवाविरुद्ध प्रदर्शन गरेका हुन्।

केन्द्रीय समितिको बैठक सुरु हुनु अघिदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो।

गत बुधबार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति: : 2022-03-25 14:40:00

प्रतिकृया दिनुहोस्