काठमाडौंको दशरथ रंगशालामा जीपी कोइराला प्रोफेसन आईटीएफ तेक्वान्दो च्याम्पियनसिप २०२२ सम्पन्न भएको छ।
उक्त च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाको खेलाडी दिनेश बुढा मगर पहिलो, त्यसै गरी नेपाली सेनाका खेलाडी प्रमोद कुमार साहु दोस्रो र सेनाकै खेलाडी प्रेम मगरले तेस्रो स्थान प्राप्त गरेका छन्। पहिलो हुने खेलाडीले अमेरिकी डलर ५०० र दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३०० र २०० डलर पुरस्कार प्राप्त गरे।
महिलातर्फबाट पहिलो हुने रुबिका खड्का (बागमति प्रदेश) त्यसै गरी नेपाली सेनाका खेलाडी हिमा खड्काले दोस्रो र लुम्बिनी प्रदेशकी खेलाडी तेरिया सापकोटाले तेस्रो स्थान प्राप्त गरेका छन्। पहिलो हुने खेलाडीले अमेरिकी डलर ५०० र दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३०० र २०० डलर पुरस्कार प्राप्त गरे।
समापन समारोहमा खानेपानी मन्त्री उमाकान्त चैधारीले खेलाडीलाई पुरस्कार वितरण गरे। सो अवसरमा खेलाडी संगिना बैद्यका सथै खेलकुद परिषदका पदधाकारीहरुको उपस्थिति रहेको थियो। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस अवसरमा पारेर उक्त प्रतियोगिता आयोजना गरिएको थियो।
जीपी कोइराला फाउन्डेसनको बागमती प्रदेश समितिको युवा तथा खेलकुद विभाग र नेपाल इन्टरनेशल तेक्वान्दो महासंघको सहकार्यमा प्रतियोगिता सञ्चालन गरेको कार्यक्रम संयोजक तुलसी थापा मगरले बताइन। ५–६ चैतसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा ७ प्रदेश, २ विभागीय टिम त्रिभुवन आर्मी क्ल्ब र सशस्त्र प्रहरी बलका क्रमशः ३/३ जना महिला/पुरुष खेलाडीले ५४ जना खेलाडीले सहभागिता जनाएका थिए।