बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले एकजना बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हरीनगरा गाउँपालिका-१ का ३६ बर्षीय शम्सेर आलम रहेका छन्।

आलमलाई उच्च अदालत मोरङको २०७५ साल फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दामा ३ महिना कैद र ७१ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। तर, उनी फरार रहेका थिए।

आलमलाई पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराइएको थियो।

जरिवाना वापतको रकम बेहोर्न नसक्ने भएपछि अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-22 17:15:00

प्रतिकृया दिनुहोस्