डेढ अर्बको रक्तचन्दन सरकारलाई घाँडो: सिंहदरबारको मुखैमा १५ वर्षदेखि प्रहरीको निदहराम !

लोकान्तर

अजय अनुरागी

तस्करी गरेर नेपाल भित्र्याइँदै गर्दा बरामद भएको रक्तचन्दनको सुरक्षा सरकारका लागि टाउको दुखाइको विषय बनेको छ। बरामद रक्तचन्दनलाई डेढ दशकदेखि शसस्त्र प्रहरीले पहरा दिइरहेको छ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुखैमा रहेको बबरमहलस्थित वन तथा भूसंरक्षण विभाग कार्यालय परिसरमा राखिएको रक्तचन्दन सुरक्षाका लागि सरकारले १५ वर्षदेखि सुरक्षाकर्मी खटाएको हो।

वन तथा वातावरण मन्त्रालयका सह–सचिव समेत रहेका सहभागितामूलक वन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगाना रक्तचन्दन सरकारलाई 'घाँडो' भएको बताउँछन्।

'एकप्रकारले हामीलाई यसले धेरै तनाव भएको छ। न प्रयोग गर्न पाउने, न लिलाम गरेर राजश्व दाखिला गराउन मिल्ने, यहाँ त हामीले सुरक्षा दिएर बस्नुपरेको छ,' ढुंगानाले लोकान्तरसँग भने, 'पटक–पटक मन्त्रिपरिषदको बैठकबाट भारतलाई रक्तचन्दन फिर्ता लैजान आग्रह गर्ने निर्णय भए पनि भारतले फिर्ता नलैजाँदा समस्या भएको छ।'

प्रकाशित मिति: : 2022-03-20 14:16:00

प्रतिकृया दिनुहोस्