आफ्नै घरको छतबाट लडी सिन्धुखोलामा एक वृद्धको मृत्यु भएको छ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ सिन्धुखोला स्थित ६९ वर्षका झम्कनाथ तिवारी बुधबार बिहान साढे ५ बजेको समयमा आफ्नै २ तले पक्की घरको छतबाट लडेका थिए।
घाइते अवस्थामा उपचारको लागी धुलिखेत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बस्नेतको भनाई छ।