काठमाडाैँ– २७ ले निर्माण गर्न लागेकाे वडा कार्यालय विवादमा परेपछि पुरातत्व विभागले सुरू गर्‍याे अनुसन्धान

काठमाडाैँ महानगरपालिका वडा नम्बर २७ ले निर्माण गर्न लागेकाे वडा कार्यालय विवादमा परेपछि राष्ट्रिय पुरातत्व विभागले अनुसन्धान थालेकाे छ।

वडाले ठमेलस्थित छुस्यावहालमा भवन निर्माण गर्न लागेका ठाउँमा पहिला क्लबकाे भवन रहेका र अहिले त्यहाँ भवन बनाउँदा सांस्कृतिक सम्पदाकाे विनाश हुने भन्दै केही अभियन्ताहरूले विराेध जनाउँदै आएका छन्। साेही स्थानमा भवन निर्माण सुरू हुन थालेका बेला अभियन्ताहरूले निवेदन दर्ता गरेपछि विभागले अनुसन्धान सुरू गरेकाे हाे। यहाँ सांस्कृतिक तथा पुरात्वतिक सम्पदा हुन सक्ने भएकाेले यहाँ भवन नबनाउँन अभियन्ताहरूकाे माग छ।

तर, वडाले भने यहाँ रहेकाे ज्याठा सामुदायीय विकास क्लबसँगकाे समन्वयमा भवन निर्माण गर्न लागेकाे बताएकाे छ। प्रारम्भिक अनुसन्धानका क्रममा त्यस्ताे कुनै पुरात्वतिक सम्पदा फेला नपरेकाे विभागले जनाएकाे छ। तथापि, यसकाे निष्कर्ष भने आउन बाँकी रहेकाे छ।

प्रकाशित मिति: : 2022-03-16 11:09:00

प्रतिकृया दिनुहोस्