आमालाई औषधि किन्न जाँदा रुसी ट्यांकको हमलामा परिन भ्यालेरिया

Photo - averann
Photo - averann

आफ्नी बिरामी आमालाई औषधि किन्न जाने क्रममा रुसी ट्यांकको हमलामा एक युक्रेनी महिलाको मृत्यु भएको छ।

भ्यालेरिया माक्सेत्स्का नाम गरेकी ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मारिएका हुन्। उनी अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी सहयोग नियोग यूएसएडमा कार्यरत थिइन्।

भ्यालेरिया सुरुमा रुसीहरूबाट घेराबन्दीमा परेका वासिन्दाहरूलाई सहयोग गर्न किभमा बस्ने योजना बनाएकी थिइन्। तर, आमालाई औषधि अभावपछि त्यहाँबाट अन्यत्र जाने निर्णय गरेकी थिइन्।

एउटा ट्यांकले भ्यालेरिया र उनकी आमा चढेको गाडिमा गोली चलाएको थियो। पश्चिम किभको एउटा बाटोमा रुसी सेनाको बख्तरबन्दलाई अगाडि बढ्न बाटो दिइरहेका बेला उनीहरु आक्रमणमा  परेका थिए।

२० करोड डलर मूल्यका हतियार सहयोग

यसैबीच रुसी हमलाबाट जोगाउन अमेरिकाले २० करोड डलर मूल्य बराबरको साना हतियार, एन्टी ट्यांक र एन्टी एयरक्राफ्ट हतियार सहोग गर्ने भएको छ।

युक्रेनी अधिकारीहरूले रुसी सेनाको भारी गोलाबारीबाट बचाउन थप उपकरणहरू माग गरिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई थप सुरक्षा सहयोगको अधिकार दिएको ह्वाइट हाउसले जनाएको थियो।

यस कदमले युक्रेनमा नयाँ सैन्य उपकरणको ‘तत्काल’ ढुवानी सुरु गर्ने एक वरिष्ठ प्रशासन अधिकारीले बताएका छन्। एजेन्सी

प्रकाशित मिति: : 2022-03-13 15:58:00

प्रतिकृया दिनुहोस्