अनिता लामाका तीन कविता

१) बलात्कार

बलात्कार पुरुषले होइन
व्यभिचारले गर्छ
जसको मनमा माइती मरेको छ
पुरूषत्व मात्रै गढेका छ।

२) बुहारी

बुहारीले सासुलाई आमा ठानेनन् 
स्वयममा छाेरी हुन जानेनन्
कहाँकाे चामल, कहाँकाे कनिका
छाेरी–बुहारी भेद गर्न आमाले छाडेनन्
यही हाे, हर छाेरी/बुहारीकाे व्यथा
बेद, बाइबल, कुरान र पुराणकाे कथा।

३) कुरियर

मिल्ने भए याे रूझिरहने मन
एकसराे झिलिमिली कागजमा 
चिटिक्क प्याक गरेर कुरियर गर्दिन्थेँ
प्रापक : दुनियाँ
प्रेषक : माया

प्रकाशित मिति: : 2022-03-12 17:20:00

प्रतिकृया दिनुहोस्