देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको खाँचो छ : अध्यक्ष थापा

File photo
File photo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको टिप्पणी गर्दै देशलाई ताजा जनादेशको खाँचो रहेको बताएका हुन्।

अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको समेत आरोप लगाए। यस्ता प्रवृतिले मुलुक राजनीतिक संकटमा फस्दै गएकाले ताजा जनादेशको विकल्प नभएको बताएका हुन्।

अध्यक्ष थापाले आउँदो स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय चुनाव नभइ संसदीय चुनाव भएको बताएका छन्।

प्रकाशित मिति: : 2022-03-11 20:59:00

प्रतिकृया दिनुहोस्