साउदी अरबका युवराज र युएईका प्रमुख शेख माेहम्मदले अमेरिकी राष्ट्रपतिकाे फाेन उठाएनन्

Photo: Reuters/Instagram/APF
Photo: Reuters/Instagram/APF

रुस–युक्रेन युद्धको कारण कच्चा तेल महँगो भएको विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेकाे टेलिफाेन साउदी अरबका युबराज मोहम्‍मद बिन सलमान र सयुंक्त अरब इमिरेट (युएई)का प्रमुख शेख मोहम्‍मद बिन जायद अल नाहयानले नउठाएकाे राेयटर्सले जनाएकाे छ।

दुवै देशको यमनसँगको विवादमा अमेरिकाले उनीहरुलाई समर्थन गर्ने वचन दिएकाेले अमेरिकासँग कुरा गर्नु व्यर्थ भएको पनि दुवै देशका प्रमुखहरुले जानकारी गराएका छन्।

यो घटनाले अमेरिकालाई ठूलो झट्का लागेको छ। र, राष्ट्रपति बाइडेनको अपमान भएको स्वतन्त्र विश्लेषकहरुले जनाएका छन्।

कच्चा तेलको भाउ एक ब्यारलको एक सय ३० डलर पुगेको अवस्थामा सउदी अरब र सयुंक्त अरब इमिरेट जस्ता प्रमुख तेल उत्पादक राष्ट्रले क्रमस बढिरहेको तेलको मुल्य घटाउन सक्छन्। हाल अमेरिकामा तेलको भाउ बढेसँगै महँगी बढेका कारण राष्ट्रपति बाइडेनको आलोचना भइरहेकाे छ।

पछिल्लो ६ महिनामा मात्र अमेरिकामा महँगी १४ प्रतिशतले बढेको छ। जो आजसम्मकै सबैभन्दा धेरै हो। सउदी अरब र सयुंक्त अरब इमिरेटबाट आफ्नो काम बन्ने नदेखेर राष्ट्रपति बाइडेनले दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलासँग कुरा गर्न आफ्नो दुत पठाएको समाचारमा उल्लेख छ।

स्मरण रहोस् भेनेजुयलासँग संसारकै सबैभन्दा ठूलो तेल भण्डार छ। तर, केही प्राविधिक कारणले त्यो तेल उसले बिक्री गर्न सकेको छैन।

प्रकाशित मिति: : 2022-03-11 20:25:00

प्रतिकृया दिनुहोस्