निर्वाचन आयाेग र राजनीतिक दलहरूबीच छलफल जारी

स्थानीय तहकाे निर्वाचन तयारीबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल भइरहेको छ।

निर्वाचन सम्बन्धी छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको थियाे। आयोगकाे कार्यालयमा जारी बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन्।

स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयाेगले राजनीतिक दलहरुसँग छलफल थालेकाे हाे।

वैशाख ३० मा तय भएकाे निर्वाचनका सन्दर्भमा आयाेगले १७ राजनीतिक दलका प्रतिनिधिलाई बाेलाएकाे हाे।

निर्वाचनका लागि आयाेगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ।

आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।

प्रकाशित मिति: : 2022-03-11 13:01:00

प्रतिकृया दिनुहोस्