पर्यटककाे आकर्षणकाे केन्द्र बन्दै माेरङकाे क्यामोमाइलको बगैँचा, के हाे क्यामाेमाइल ?

Photo:ekantipur
Photo:ekantipur

हिजोआज सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल छ, क्यामाेमाइल। माेरङकाे बेलबारीमा रहेकाे एक सुन्दर फूलहरूकाे बगान हाे, क्यामाेमाइल। जहाँ पहेँलपुर भएर फुलेका छन्, फूलहरू।

उक्त सुन्दर बगानमा विभिन्न पाेज दिएर फाेटाे खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ। तर, मानिसहरुको जमात बढ्दै गएपछि खेती नष्ट हुँदै गएमा किसानहरू चिन्तित छन्। पर्यटनकाे नाममा विकृति भित्रिएकाे किसानहरूकाे भनाइ छ।

हुन पनि फोटो र भिडियो खिच्ने नाममा बाली पुरै मासिने गरी कुद्ने, सुत्ने र फोहोरहरु फ्याल्ने कार्यहरु भइरहेको छ। त्यसैले पर्यटकहरूलाई बारीमा पस्न नदिन किसानहरू चाैकीदारी नै बस्नु परेकाे छ। भने, कुतिपय स्थानहरूमा प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था रहेकाे देखिन्छ। 

क्यामोमाइल के हो ?

क्यामोमाइल एस्टरेसिया जातीको बिरुवा हो। सेतो र पहेँलो फूल जस्तो देखिने यो बिरुवालाई सुकाएर धेरै प्रकारका आयुर्वेदिक औषधि, चिया, तेल तथा अन्य प्रकारका खाद्य वस्तुहरु बनाउन प्रयोग गरिन्छ।

यसलाई धेरैजसो चिया बनाउनमा प्रयोग गरिन्छ। स्पेनिशमा यो चियालाई मान्जानिला चिया भनिन्छ।

यस बिरुवाका धेरै प्रजातिहरू संसारभर पाइन्छ। तर, तिनीहरूको पोषक तत्व भने समान हुँदैनन्। जर्मनी र रोममा पाइने क्यामोमाइल बिरुवामा धेरै पोषक तत्व र अन्य यौगिकहरू पाइने भएकाले यसबाट बनेको चिया बढी फाइदाजनक हुन्छ।

नेपालमा भने क्यामोमाइलको खेती बिशेष गरेर तेल उत्पादनका लागि गर्ने गरिन्छ। यसमा एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्व पाइने गरेको छ। विभिन्न सौन्दर्य प्रशोधन, खाद्य तथा पेय पदार्थलाई बास्नादार बनाउन क्यामोमाइलको तेल प्रयोग हुने गरेको छ।

यसको फूलबाट निकालिने सुगन्धित तेल विभिन्न खाद्य सामग्री, सौन्दर्य प्रशोधन तथा औषधीय प्रयोजनका लागि प्रयोग हुने भएकाले नेपालमा यो आयमूलक वनस्पतिका रूपमा रहेको छ। यसको प्रशोधित तेलको व्यापारिक नाम ‘ब्लुआइल’ रहेको छ।

यस्ता छन् यसका फाइदा:

सुगन्धित प्रशोधित क्यामोमाइलमा जीवाणु प्रतिरोधात्मक गुण हुने भएकाले यसका उत्पादनहरुको प्रयोगले निकै फाइदा हुनुका साथै शारीरिक समस्या भएका बिरामीका लागि उपयोगी हुने गरेको छ।

१) पाचन शक्ति बलियो बनाउँछ। 
२) तनाव र चिन्ता कम गर्न र निद्रा सुधार गर्न मद्दत गर्दछ। 
३) मधुमेह भएकालाई रगतमा चिनीको मात्रा कम गर्दछ र रगतमा इन्सुलिन नियमित गर्दछ।
४) छालाको दाग धब्बाहरुलाई कम गर्दछ र एलर्जी हुन दिँदैन।
५) शरिरमा भएको घाउलाई निको पार्न मद्दत गर्दछ। 
६) मांसपेशी कम गर्न मद्दत गर्दछ। 
७) महिनावारीबाट हुने दुखाई कम गर्छ।
८) लामो यात्रामा वान्ता हुन दिँदैन। 
९) कपाललाई बलियो र चम्किलो बनाउँछ। 
१०) प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। 

यसमा रहेको कम्पाउन्ड र रसायनको कारण, गर्भवती महिलाले यसलाई प्रयोग नगर्नु राम्रो हुन्छ किनभने यसले गर्भ तुल्याउँछ भन्ने गरिन्छ। यसलाई प्रयोग गर्नु पुर्व चिकित्सकको सल्लाह लिनु आवश्यक छ।

प्रकाशित मिति: : 2022-03-11 06:55:00

प्रतिकृया दिनुहोस्