एउटै होटलभित्र १४ जनाले आत्महत्या गरे, ९ जनाको हत्या भयो

hotel-cecil-getty-images
hotel-cecil-getty-images

धनाड्यहरुलाई लक्षित गरी खाेलिएकाे आलिसान होटल एकाएक अपराधको अखडा बन्यो। जुन होटलमा भएका अपराधलाई समेटेर कैयन फिल्म समेत बने। मान्छेहरु यहाँ आत्महत्या गर्नकै आउन थाले। भने, अपराधीहरुको पनि रोजाइमा यही होटल बन्यो। १४ जनाले यही होटलभित्रै आत्महत्या गरे। त्यतिमात्र कहाँ होर ? यही होटलभित्र ९ जनाको हत्या भयो। हत्या र आत्महत्याको अखडा बनेको होटलको संसारमै बदनाम भएपछि पुर्ननिमार्णको बहानामा होटल बन्द गरी केही समयपछि नाम परिर्वतन गरेर होटल पुन: संचालनमा ल्याएको छ।


सन् १९२४ मा अमेरिकाको लस एन्जलसमा धनाड्य समूहले आलिसान सुविधान सम्पन्न एक होटल खोल्यो। त्यो होटलको नाम थियो, द सीसील होटल। अमेरिकाको लस एन्जलस राज्यमा त्यो समयमा सबैभन्दा सुविधायुक्त होटलनै त्यही थियो।

१५ तले भव्य आलिसान होटलमा ७ सय कोठाहरु थिए। धनाढ्यको लगानीमा यो होटल बनेको थियो।

संसारका धनाड्यलाई लक्षित गरी उक्त होटल खोलिएको थियो। तर, त्यो होटल पछि आएर अमेरिकामै चर्चित बन्यो। होटलको नाम भन्दा पनि अपराध अखडाका रुपमा परिचीत बनिरहयो।

मानिहरु आत्महत्या गर्न त्यही होटल जान थाले। कुख्यात अपराधीदेखि बलात्कारीसम्मको रोजाइ यही होटल बन्यो। यही होटलबाट गायव भएका कैनय ब्याक्तिको आजसम्म पनि अत्वपत्व छैन।

यो होटलमा रगतको खोलो बग्नु सामान्य जस्तै हुन थाल्यो। त्यसैले होला यो होटलका बारेमा धेरै फिल्म समेत बने। होटल संचालनमा आएको केही वर्षमा अमेरिकामा भयानक आर्थिक मन्दी आयो त्यस्तो मन्दीमा समेत यो होटल राम्रै चलेको थियो।

त्यसरी चलेको होटलको पछि आएर एकाएक परिचय फेरियो। हत्या र आत्महत्याको नामले प्रख्यात बनेको यो होटलमा घटना यसरी सुरु हुन्छ।

छुट्टी मनाउन १९२७ मा एक दम्पती यो होटलमा आए। होटलमा बसेको केही दिनमा उनीहरुबीच झगडा भयो। त्यसपछि पत्नीले पतिलाई त्यही छाडेर गइन्। भोलिपल्ट ती पति कोठामा मृत्त भेटिए। मृतकले टाउकोमा गोली हानेर आत्महत्या गरेको थियो। जुन होटलेको पहिलो घटना थियो।

त्यसपछि सन् १९३१ मा म्यान ह्याटन बस्ने एक डब्लुके नोटके होटलमा आए। उनले उलेको कोठा बुक गर्दा  नाम ढाटेर जेम्सवाइडेन राखेको थिए। उनी करिव ३ सातासम्म त्यही बसे। पछि एक दिन उनी त्यही कोठामै मृत्त भेटिए। पछि प्रहरी अनुसन्धानबाट खुल्यो उनले विष सेवन गरेर आत्महत्या गरेका रहेछन्।

त्यसको एक वर्षपछि अर्थात् सन १९३२ मा बेन्जामी नामक एक ब्यक्ति पनि त्यही मृत्त फेला परे। उनी भने आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए।

त्यस्तै सन १९३४ मा रिटायर अमेरिकी सेनाका सदस्य लुईसबी बोडेनले पनि यही होटलभित्रै आफ्नो घाँटी रेटेर आत्महत्या गरेका थिए।

रोगले गस्त भएका लुईले ब्लेडले घाँटी रेटेर आत्महत्या गरेका थिए। 

त्यस्तै, १९३७ मा ग्रेस नामक महिलाले होटलेको ९ तलाबाट झ्यालबाट हाम फालिन्। अघिल्लो दिन मात्र कोठा बुक गरी बस्न त्यहाँ पुगेकी महिलाले झ्यालबाट हाम फालेर आत्महत्या गरिन्।

त्यस्तै, सन् १९३८ मा रोइथमसन नामक ब्यत्ति पनि यसैगरी मृत्यु भयो।

अमेरिकन नेभीमा कार्यरत २ सैनीले यही होटलमै आएर सन् १९३९ मा यही होटलमै आएर विष सेवन गरी आत्महत्या गरेका थिए।

त्यसैगरी सन १९४४ मा लोरोफी र डेन लेभेनीले यो होटलमा कोठा लिएर बन्न आए। प्रेमिका गर्भवती थिएन्। उनीहरु आएको भोलिपल्ट राति प्रेमिकालाई ब्यथा लाग्यो र सुतेका प्रेमिको निन्द्रा बिग्रने डरले उनी बाथरुम छिरिन केही समयपछि बच्चा जन्मियो। तर, बच्चाले केही चहलपहल गरेन् त्यो देखेर उनी डराइन र मरेको बच्चा ठानेर उनले झ्यालबाट बच्चा फालिदिइन्। प्रहरीले पछि दुबैजनालाई पक्राउ गर्यो।

त्यस्तै, सन् १९४७ नोभेम्बरमा एक जनाले होटलको सातौ‌ँ तलाबाट हाम फाले। त्यसैगरी सन् १९६२ मा जुलीया नामक एक महिलाले कोठाबाट हाम फालेर आत्महत्या गरिन्। प्रहरीले उनको आत्महत्याबारे तथ्य जाँच गर्दा उनीसँग होटलको बिल तिर्ने पैसा समेत नभएको खुल्यो, उनी त्यहाँ आत्महत्या गर्नकै लागि गएको प्रहरी अनुसन्धानबाट खुल्यो।

त्यसको केही दिनपछि ६४ वर्षिकी एक जोज नामक ब्यक्ति होटलको छेउबाट हिँडिरहेका थिए।

त्यही बेला कोलिन नामक महिला त्यही होटलको झ्यालबाट हाम फालेर तल झरिन्, उनले जोजमाथि परिन्। अनि २ जनाको मृत्यु भयो। प्रहरीका अनुसार कोलिनको दम्पती यो होटलमा बस्न आएको थियो। उनीहरुबीच बिवाद भयो, पति बाहिर निस्किए र पत्नीले झ्यालबाट हाम फालेकी थिएन्। उनले आफ्नो मात्र हैन, बाटो हिँड्ने बटुवाको समेत ज्यान लिइन्।

सन् १९६४ मा गोल्डी नामक एक महिला यो होटलमा बस्न आइन्। भोलिपल्ट उनी होटलको कोठामा मृत्त भेटिइन्। उनको शरिरभरि घाउ थियो, पछि अनुसन्धान गर्दै जाँदा उनलाई बलात्कारपछि हत्या गरिएको खुल्यो।

गोल्डीको हत्याको केही दिनपछि २ जनाले यही होटलबाटै हाम फालेर आत्महत्या गरेका थिए। 

त्यसैगरी सन् १९९२ मा एक अफ्रिकन मुलका अमेरिकनको हत्या भयो, त्यो घटना अझैसम्म सरहस्य छ।

त्यसको केही समयपछि रिचड नामक एक ब्यक्तिले होटलको कोठा भाडामा लिए। उनी बलात्कारी, हत्या तथा लागूऔषधका नामुद कारोबारी थिए। रिचड नामक सुन्नाबित्तिकै पुरै लसएन्जलसमा सबैजना त्रसित हुन्थे।

दिनभरि होटलमा बस्ने राति भयोकी सडकमा निस्केर हत्या आतंक तथा बलात्कार गर्ने उनको काम थियो। उनले त्यो अपराध ६ महिनासम्म जारी राखे। पछि आएर पक्राउ परे।

उनी जस्तै अर्का अस्टेडाको कुख्यात किलर ज्याक अन्डरओइकरले पनि यो होटललाई अपराध अखडा बनाए। त्यही बसेकै बेला उनले होटलमै बस्ने एक महिलाको हत्या गरे र प्रहरीमा आफै आत्मसर्मपर्ण गरे। त्यसपछि उनी जेल परेर सोही मुद्धामा डेढ वर्ष जेल बसे। डेढ वर्षको जेल सजायपछि उनी फेरि त्यही होटलमा बस्न गए। उनी गएकै दिन एकै रात ३ महिलाको हत्या गरे।

त्यसैगरी सन् २०१३ मा यो होटलमा एक क्यानडियन मुलकी युवतीले कोठा लिएर बसिन्। केही दिनपछि उनको शव होटल पानी ट्याकीमा भेटियो। नग्न अवस्थामा उनको शव पानि ट्याकीमा फेला परेको थियो, त्यो हत्या कसले गर्यो र किन गर्यो भन्ने कुरा अझै खुलेको छैन।

त्यसैगरी सन् २०१५ मा एक २८ वर्षीय पुरुषको शव होटलभित्रै फेला पर्यो। उनको पनि हत्याबारे केही खुलेन।

होटलमा अपराधको श्रृखला नरोखिएपछि सन् २०१७ मा पुर्ननिमार्ण गरिने बाहानामा होटलनै बन्द गरियो। पुर्ननिमार्णपछि अहिले यो होटलको नाम द स्टे अनमेन राखिएको छ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2022-03-10 19:36:00

प्रतिकृया दिनुहोस्