घाँटीबाट सुनको सिक्री लुट्ने दुई जना पक्राउ

File Photo
File Photo

घाँटीमा लगाएको सुनको सिक्री लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ स्थित हाटबजारमा तरकारी किन्दै गरेकी एक महिलाको घाँटीबाट सुनको सिक्री तानेर फरार भएका दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो।

वडा नं ८ शितलबजारस्थित हाटबजारबाट सोही वडाकै कण्ठपुर बस्ने वर्ष ४८ की ईन्दिरा राना भाटले बुधबार साँझ ७ बजेतिर तरकारी किन्दै गरेको अवस्थामा दुई जनाले घाँटीबाट सिक्री तानेर फरार भएका थिए।

घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेको खबरपछि प्रहरी चौकी शितलाबजारबाट प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेतको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेका हो।

भोग्दै गरेको अस्थामा प्रहरीको टोलीले पर्सा जिल्ला रानिघाट नगरपालिका वडा नं. २० बस्ने वर्ष २१ का राकेश सिंह राठौर र सोही ठाउँका वर्ष १८ का साहिल रायलाई सुनको सिक्रीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

उनीहरुमाथि चोरी सम्बन्धि कसूर मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2022-03-10 18:36:00

प्रतिकृया दिनुहोस्