दुर्घटना अपडेट : घाइतेकाे उद्धारका लागि संखुवासभा पुग्याे हेलिकप्टर

तस्बिर सौजन्य : साजन राई
तस्बिर सौजन्य : साजन राई

सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेकाे छ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि हेलिकप्टर संखुवासभा आइपुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

बिहीबार बिहान मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएकाे छ भने पाँच जना गम्भीर घाइते छन्।

गाडी सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जानकारी दिएकाे छ। 

प्रकाशित मिति: : 2022-03-10 12:27:00

प्रतिकृया दिनुहोस्