जापान नेपाली एकता समाजको अध्यक्षमा सालिकराम

जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सालिकराम सापकोटाको अध्यक्षतामा ३८ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा गोपाल सापकोटा र डण्ड केसी चयन हुनुभएको छ भने महासचिवमा तेजेन्द्र क्षेत्री, सचिव प्रदिप विक र कोषाध्यक्षमा छन्द सापकोटा चयन भएका छन् । ।

सदस्यहरूमा केशव सापकोटा, तेजु केसी, राजु रेग्मी, बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, विष्णु पोखरेल, निश्चल क्षेत्री, कमल कार्की, गोपाल खत्री, उमेश निउरे, हेमलाल गौतम, नविन बस्याल, गोपाल कृष्ण सापकोटा, भुवन सापकोटा, नारायण कँडेल, गोम बुढाथोकी, मेघराज सापकोटा र कमल सापकोटा रहेका छन्  भने दुई स्थान रिक्त राखिएको छ ।

यस्तै, वैकल्पिक सदस्यहरूमा सुरेन्द्र कँडेल, जीवन गैरे र ठाकुर चालिसे सम्मेलनले यमलाल सापकोटा, नन्दु शर्मा, भीम केसी, विष्णु केसी, यामलाल सापकोटा, धन बहादुर विक र लीला परियारलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल र विशिष्ट अतिथिका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सम्बोधन गरेका थिए भने एनआरएन जापानका अध्यक्ष शिव शर्माको आतिथ्यता रहेको थियो । 

दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको घोषणा हेमलाल गौतमले गरेका थिए । 

सम्मेलनलाई शुभकामना दिनुहुनेहरुमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, प्रवासी नेपाली मंच, जनसंपर्क समिती, एनआरएनएका प्रतिनिधि लगायत हुनुहुन्थ्यो ।

प्रकाशित मिति: : 2022-03-09 16:09:00

प्रतिकृया दिनुहोस्