युक्रेनका दुई शहरमा रुसले गर्‍यो अस्थायी युद्धविराम

Photo - hindustantimes
Photo - hindustantimes

रुसले युक्रेनका दुई प्रमुख शहरमा अस्थायी  युद्धविराम घोषणा गरेको छ।

रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई शहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ। यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन। 

प्रकाशित मिति: : 2022-03-05 13:59:00

प्रतिकृया दिनुहोस्