जब राष्ट्रपतिले सुरुमै भने...

बाह्रखरी

नरेश फुयाँल

बुवालाई राष्ट्रपतिको कार्यालय शीतलनिवासबाट फोन आयो। शीतलनिवासले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले छोरा महेशलाई भेट्न चाहेको जानकारी दियो। बुवाले महेशलाई सुनाए।

राष्ट्रपतिले बोलाउँदा पनि महेशमा खासै एक्साइटमेन्ट थिएन। कारण, बीबीसी, वर्ल्ड भिजन टेलिभिजनलगायत विश्वकै ठूलठूला मिडिया क्यामेराको लामो लेन्स तेर्स्याउँदै उनको डकुमेन्ट्री बनाउन घरमै पुग्थे। त्यसले नयाँ व्यक्ति र उनीहरूसँगको भेटको अनुभव गरिसकेका थिए। भयंकर उत्साह त थिएन, तर अब अवसरको ढोका खुल्ने भयो भन्ने कुराले मन फुरुंगचाहिँ भयो।

राष्ट्रपतिको कार्यालयबाट फोन गएको तेस्रो दिन कास्कीबाट महेशका बाउ–छोरा शीतलनिवासको गेटमा टुप्लुकिए।

प्रकाशित मिति: : 2022-03-05 07:11:00

प्रतिकृया दिनुहोस्