भारतमा छ हजार पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित

बिएल संवाददाता

नयाँदिल्ली
File Photo
File Photo

भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन्। यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख  ४५  हजार  भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  बिहीबार जानकारी दिएको छ। सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन्। कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या कूल सङ्क्रमितको ०।१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ। भारतमा गत २४ घण्टामा १४ हजार ९४७ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन्।भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६२० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ। कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ।
 
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म भारतमा एक अर्ब ७८ करोड भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: : 2022-03-03 14:34:00

प्रतिकृया दिनुहोस्