अमेरिकाको सिकागोबाट ७ साँढेको नेपाल यात्रा : कतार र दिल्ली ट्रान्जिट हुँदै ल्याइयो काठमाडौं

गाईको प्रजनन सुधार्न 'बीऊ'का लागि अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ। अमेरिकाको सिकागोबाट कतार एयरलाइन्सको कार्गो जहाजबाट दोहा ट्रान्जिट गराउँदै भारतको नयाँ दिल्लीसम्म ल्याइएको हो। त्यहाँबाट भने नेपाल एयरलाइन्सको वाइड बडी जहाज चढाएर काठमाडौं उतारिएको हो।

कृषि मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले साँढेहरु खरिद गरेको हो। विमानबाट नेपाल ल्याइएका पाँचवटा शत् प्रतिशत जर्सी हुन्। यस्तै, दुईवटा शत् प्रतिशत होलिस्टन रहेको आयोजनाका अनुगमन मूल्याङ्कन अधिकृत डा. केशव भट्टले जानकारी दिए।

प्रकाशित मिति: : 2022-02-28 09:28:00

प्रतिकृया दिनुहोस्