प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न: सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ? (भिडियाे)

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन्।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे।

सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ। ‘प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैमा पाएको विष खान सकिन्छ र? खाएमा मृत्यु हुन्छ।’

आफ्नो सम्बोधनभर उनले एमसीसी सम्झौताको विपक्षमा बोले। 

प्रकाशित मिति: : 2022-02-27 16:22:00

प्रतिकृया दिनुहोस्