युक्रेन तनावः राजधानी छेउकाे हवाई मैदान रूसी सेनाको कब्जामा

बिएल संवाददाता

किभ, युक्रेन

युक्रेनका नेपाली भन्छन्: लडाइँ चर्किएको छ, सुरक्षित ठाउँमा भागिरहेका छाैँ 


रूसी सुरक्षा फौजले युक्रेनकाे राजधानी किभ छेउकाे एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको छ। रूसी समाचारसंस्था इन्टरफ्याक्सले याे समाचारकाे पुष्टि गरेका छन्।

होस्टोमेल एअरफील्ड कब्जा गर्न २०० वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको बताइएको छ। रूसले किभसँगको पश्चिमा सम्पर्क 'अवरुद्ध भएको' समेत बताएको छ।

राजधानीबाट उत्तरपश्चिममा अवस्थित बुखाको एउटा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको भिडियाे सामाजिक सञ्जालमा देखा परेको छ।

युक्रेन–रूसबीच दुई दिन यता लडाइँ चर्किरहेको छ। राजधानी किभ यतिबेला सुनसान छ। युक्रेनमा अध्ययन गरिरहेका नेपालीहरू द्वन्द्व ग्रस्त क्षेत्र छाडेर सुरक्षित स्थानतर्फ लागेको विद्यार्थी वसन्त बुढाथोकी बताउँछन्।

यहाँका नेपालीहरूले रूसी सुरक्षा फौजले हमला गर्दैआएको संकटग्रस्त ठाउँ छाडिरहेका छन्। स्थानीय तथा प्रवासी नेपालीहरू रेलस्टेशनमा भीड लागेका छन्।

आफूहरूले पनि रूसी सुरक्षा फौजद्वारा हवाई मैदान नियन्त्रणमा लिएकाे समाचार रेलयात्राका क्रममा सुनेकाे उनीहरूले बताएका छन्।

रेलस्टेशनदेखि सडकसम्मै सन्नाटा छाएको बुढाथोकीको भनाइ छ। नेपालीहरूले हजारौँ किलोमिटरको रेल यात्रा पार गरेर राजधानी ‘किभ’ पुगेका छन्।


हेर्नुस् रूस र युक्रेनका सैनिकले गोली हानाहान गरेको भिडियाे

प्रकाशित मिति: : 2022-02-25 19:15:00

प्रतिकृया दिनुहोस्