नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी ल्याउन आफूले चिट्ठी लेख्यो भन्नू झुट कुरा भएको बताएका छन्।
आफ्नो पार्टीले काठमाडौंको कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘झलनाथले नेपालमा एमसीसी ल्याउन चिठी लेख्यो भन्ने कुरा सय प्रतिशात होइन, एक लाख प्रतिशत झुट हो’, खनालले भने, ‘म प्रधानमन्त्री हुँदा मैले अमेरिकालाई कुनै चिठी लेखेको छैन।’
उनले आफू प्रधानमन्त्री हुँदाको सरकार संविधान बनाउनमा फोकस भएको हुँदा यस्ता कुनै काम नगरेको बताए। उनले नेपालमा एमसीसीको कुरा बाबुराम भट्टराईको पालामा आएको बताए।
उनले आफूले अमेरिकालाई चिठी लेखेको प्रमाण भएक लिएर आउन चेतावनी समेत दिए।