रुससँग भिड्न युक्रेनमा सबैलाई हतियार दिइने

Photo - REUTERS
Photo - REUTERS

रुसको आक्रमणबाट ४० युक्रेनियनको ज्यान गएको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकारलाई उद्ध्रत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रुसको आक्रमणमा हालसम्म ४० जनाको ज्यान गएको बताएका छन्।

राष्ट्रपतिका सल्लाहकार भ्लादिमिर जेलेन्स्कीका ओलेक्सी अरेस्टोभिचले दर्जनौं व्यक्ति घाइते भएको पनि बताएका छन्। उनले मारिनेमा सर्वसाधारण छन् वा छैनन् भन्ने खुलाएका छैनन्।

जेलेन्स्कीले युक्रेनी अधिकारीहरूले देशको रक्षा गर्न इच्छुक सबैलाई हतियार दिने बताए।

उनले भने,’युक्रेनी जनताको भविष्य प्रत्येक युक्रेनीमा निर्भर छ, त्यसैले देशको रक्षा गर्न इच्छुक सबैलाई हतियार दिने छौँ।’

प्रकाशित मिति: : 2022-02-25 06:49:00

प्रतिकृया दिनुहोस्