एमसीसी रत्यौलीः गठबन्धन/सभामुख भर्सेज ओली

क्यापिटल

काठमाडाैँ

३२ महिनाको रस्साकस्सीपछि सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फागुन ८ गते प्रतिनिधिसभामा टेबल गरेको छ । फागुन १२ देखि प्रतिनिधिसभामा छलफल सुरु हुने भएकाले त्यसअघि नै वातावरण सहजीकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस जोडतोडले लागिपरेका छन् । 

मंगलबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणको पनि यति बेला अधिक सक्रियता देखिएको छ ।

त्यति मात्रै होइन, ओली सरकारको पालामा प्रतिनिधिसभामा एमसीसी दर्ता गरेपछि एमसीसीका कतिपय प्रावधान संशोधन नभई पारित गर्न सकिँदैन भन्दै आएका कांग्रेस महामन्त्री गगनकुमार थापा अमेरिकाले संशोधन नगर्ने अडान राखेको भन्दै यथास्थितिमै पारित गर्न कम्मर कसेर लागेका छन् ।

गठबन्धनका बारेमा प्रधानमन्त्री देउवाले केही नभनिरहेको स्थितिमा बाहिरबाट थापाले एमसीसी पारित नभए गठबन्धन कायम नरहने भन्दै दबाब सिर्जना गरिरहेका छन् । 

प्रकाशित मिति: : 2022-02-23 19:49:00

प्रतिकृया दिनुहोस्