राजधानी युवा क्लबले सेभेन ए साइट मैत्रीपूर्ण फुटबल जितेको छ।
मनमैजुस्थित एन्जल स्पोर्टस् एकेडेमीको मैदानमा मंगलबार भएकोे मैत्रीपूर्ण खेलमा राजधानी दुवै खेल जित्दै च्याम्पियन भएको हो। प्रतियोगितामा आयोजकसहित कलाकार टिम र नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०को सहभागीता थियो।
राजधानीले पहिलो खेलमा कलाकार टोलीलाई ३–१ अन्तरले पराजित गर्यो। २०–२० मिनेट गरी ४० मिनेट खेलाइएको खेलमा राजधानीलाई जिताउन खिम थापाले दुई तथा सन्तोष श्रेष्ठले एक गोल गरे। कलाकारका लागि हरि डाँगीले सान्त्वना गोल फर्काए।
कलाकारको तर्फबाट हरिसँगै बन्द्री पंगेनी, राजु ढकाल, धिरेन शाक्यलगायतको सहभागीता थियो। दोस्रो खेलमा राजधानीले एनएसजेएफलाई ५–२ अन्तरले पराजित गर्यो। राजधानीको जितमा देवान तामाङले ह्याट्रिक गरे। यस्तै, राजकुमार गोले र चन्द्रबहादुर कार्कीले समान एक गोल गरे। एनएसजेएफका लागि आशिष पुडासैनी र दिल तामाङले एक एक गोल गरे।
पहिलो खेलमा आयोजकसँग पराजित कलाकार टिमले दोस्रो खेलमा एनएसजेएफलाई ९–० हरायो। कलाकारको जितमा हरि डाँगी र राजु ढकालले ह्याट्रिक गर्दा आकाश खवास, सविन आचार्य र बन्द्री पंगेनीले समान एक गोल गरे। यता, एनएसजेएफ भने दुवै खेलमा पराजित भयो। राजधानी युवा क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमीले यहि १३–१४ फागुनमा सेभेन ए साइट फुटबल प्रतियोगिता आयोजना गर्दैछ।
सोही प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक राजधानीले कलाकार र पत्रकार टोली सम्मितिल मैत्रीपूर्ण खेल आयोजना गरेको हो।