सन् २०२० मा चीनमा भएको भारी वर्षामा कोभिडका कारण उत्सर्जनमा तीव्र गिरावट जोडिएको वैज्ञानिकहरूले बताएका छन्।
हरितगृह ग्यासहरू र एरोसोल भनिने साना कणहरूमा गिरावटले वायुमण्डलीय परिवर्तनहरू निम्त्याउदा तीव्र वर्षा भएको वैज्ञानिकहरुको बुझाइ छ।
ग्रीष्म याममा भएको भारी वर्षमा सयौं मानिसको मृत्यु हुनुका साथै विस्थापित लाखौंलाई अन्यत्र स्थानानन्तरण गरिएको थियो।
तर, उत्सर्जनमा दीर्घकालीन कटौतीले यस्ता घटनाहरू उक्साहट गर्ने सम्भावना छैन्। सन् २०२० को जुन र जुलाईमा गएको भीषण वर्षाले पूर्वी चीनको अधिकांश क्षेत्रमा ठूला बाढीपहिरो गएका थिए।
ग्रीष्म समयमा भएको कूल वर्षामध्ये एक तिहाई वर्षामा उत्सर्जनमा भएको कटौती जिम्मेवार भएको अनुसन्धानकर्ताहरु बताउँछन्। याङजी नदीमा सन् १९६१ पछिकै ठूलो वर्षा भएको थियो। अघिल्लो ४१ वर्षको अवधिको औसतको तुलनामा जुन र जुलाईमा ७९प्रतिशत वृद्धि भएको छ।
धेरै वैज्ञानिक अध्ययनले बाढी हुनुका कारण अवलोकन गरिरहेका छन्। केही अध्ययनले हिन्द महासागरको चरम अवस्थाहरूलाई औंल्याएका छन्।
कोभिड–१९ महामारीको समयमा भएका बन्दका कारण ग्रीनहाउस ग्यास र एरोसोलको उत्सर्जनमा अचानक कमी आएको र वर्षाको त्याे मुख्य कारण भएको वैज्ञानिकहरुको तर्क छ।
पछिल्लो चार दशकमा वायुमन्डलमा एरोसोलको संख्यामा भएको बृद्धिले पूर्वी तथा मध्ये चीनमा गर्मी मौसममा हुने वर्षाको ठूलो मात्रा घटेको उनीहरुको अध्ययनमा उल्लेख छ।
प्रायः कोइलाको जलनसँग सम्बन्धित यी कणहरू ठूला–ठूला आँधीका घटनालाई न्यून गर्न सक्छन्। एजेन्सी