ढुसी लागेका पाउरोटीबाट बिस्कुट बनाउने बेकरीमा प्रहरी छापा (भिडियोसहित)

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

म्याद सकिएका र ढुसी लागेका बिस्कुटलाई रि लेवलिङ गर्दै बजारमा बिक्रीवितरण गर्ने ललितपुरको सुनाकोठीस्थित स्पर्श बेकरीमा प्रहरीले छापा मारेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा महानगरीय अपराध महाशाखाले आइतबार छापा मारेको हो।

बेकरीले म्याद सकिएका पाउरोटीलाई संकलन गरी पानीले सफा गरेर फेरि पाउरोटी र कुकिज बनाएर प्याकिङ गरी बजारमा बिक्रीवितरण गर्ने गरेको सुचनापछि महाशाखाले आइतबार उद्योगमा छापा मारेको थियो।

लामो समयदेखि उद्योगले म्याद सकिएका बिस्कुट, पाउरोटी तथा खाद्य सामाग्री संकलन गरी बजारमा पठाउने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उद्योगमा रहेका १ सय २० बोरा म्याद गुज्रेका खाद्य वस्तुहरु बरामद गरी नष्ट गरेको छ। प्रहरीले छापा मारेको बेकरीका सञ्चालक नरबहादुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ।

केही समयअघि महाशाखाले स्पर्श महको कारखानामा छापा मारी खान अयोग्य मह उत्पादन गर्दै बजारमा बेचेको भेटिएपछि छापा मारेर उक्त मह नष्ट गरेको थियो।

प्रकाशित मिति: : 2022-02-21 18:20:00

प्रतिकृया दिनुहोस्