विहार–विहारका पूर्वमुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला काण्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ। विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवान समेत तोकेको छ।
लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो। सो काण्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो। त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो।
यसअघि चार ओटै चारा घोटला काण्डमा उनी दोषी ठहर भएका थिए।