ठाउँ ठाउँमा बर्डफ्लू देखिए पनि किन बढ्दैछ कुखुराको मासुमा भाउ?

पहिलोपोष्ट

काठमाडाैँ

 कुनै समय थियो, देशको एक स्थानमा बर्डफ्लु देखिँदा देशभर कुखुराको मासु किनबेच प्रभावित हुन्थ्यो। उपभोक्ता डराउँदा बजारमा कुखुराको मासुको माग ह्वात्तै घट्थ्यो। जसले गर्दा मासुको भाउ घटाउन बाध्य हुन्थे बिक्रेता।

यसपटक भने बर्डफ्लु देखिँदा पनि कुखुराको मासुको भाउ बढेको छ। कारोबार पनि घटेको छैन। मासु महँगिदै खुद्रामा प्रतिकेजी ३ सय ६० रुपैयाँ पुगेको छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार मागमा वृद्धिका तुलनामा उत्पादन लागत वृद्धि र परिमाण भने घटेका कारण मूल्य बढाउनु परेको संघले जनाएको छ। संघका अनुसार जिउँदो कुखुरा प्रतिकेजी १० रुपैयाँ र तयारी मासुको मूल्यमा प्रतिकेजी १५ रुपैयाँ बढाइएको छ।

नयाँ मूल्य अनुसार जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकेजी २ सय ६० कायम भएको छ भने तयारी मासु प्रतिकेजी ३ सय ६० रुपैयाँ तोकिएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकेजी २ सय ५० रुपैयाँ थियो भने मासु प्रतिकेजी ३ सय ४५ रुपैयाँ थियो।

प्रकाशित मिति: : 2022-02-21 09:03:00

प्रतिकृया दिनुहोस्