अमेरिकी राष्ट्रपति जोन बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन्।
रूसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन्। रूसले सुरूमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउ सक्ने उनको भनाई छ।
‘मलाई यो विश्वास छ की उनले निर्णय गरेका छन्,’ राष्ट्रपति पुटिनलाई संकेत गर्दै बाइडेनले भने। तर, रूसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ।
यसैबीच, पूर्वी युक्रेनमा बिखन्डनकारीहरूको क्षेत्रमा सेनाले गोलाबारी गरेपछि त्यस क्षेत्रका स्थानीय रूसतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरूले जनाएका छन्।
रूस र युक्रेनको सीमामा ठूलो संख्यामा युक्रेनी जम्मा भएको र उनीहरूलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा नजिकै शरणार्थी शिविरहरू स्थापना गर्न र आपतकालीन सहायता गर्न आदेश दिएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ।