कास्की जिल्ला अदालत बार एशोसियसनले भन्यो: झुठ्ठा मुद्दामा वकिललाई फसाइयो 

File photo
File photo

जिल्ला अदालत कास्कीले झुठ्ठा मुद्दामा वकिललाई फसाइएको बताएको छ। 

ठगी अभियोगमा पक्राउ परेका अभिवक्ता कमलप्रसाद अर्याललाई झुठो मुद्दामा फसाइएको अदालतले भनेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्ला अदालत कास्कीले मुद्दामा कानुन व्यवसायीको हैसियतबाट लिएको पारिश्रमिकलाई जाहेरवाला मुद्दामा असफल भएपछि निज पक्षले वकिललाइ दिएको पारिश्रमिक ठगीको संज्ञा दिएर मुद्दा दर्ता गराएको बताएको छ।

अधिवक्ता अर्याललाई प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा भएको भैँसी चोरी काण्डमा न्यायाधिसँग कुरा मिलाएर मुद्दा जिताइदिने भन्दै रकम लिएको अभियोगमा प्रहरीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो।

पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अर्याल पक्राउ परेपछि मेयर मानबहादुर जीसीले सल्लाहकार पदबाट पदमुक्त गरेका थिए। 

कास्की जिल्ला बार एशोसियसनका पूर्व अध्यक्ष समेत रहेका अर्याललाइ फसाउन नियोजित तवरले भएको भन्दै बारले ध्यानाकर्षण गरेको छ।
 
 

प्रकाशित मिति: : 2022-02-18 21:59:00

प्रतिकृया दिनुहोस्