संसद बैठक आइतबारसम्मका लागि स्थगित

File Photo
File Photo

एमाले सांसदको नाराबाजी भइरहँदा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ।

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन्।

सभामुख सापकोटाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न समय दिएका हुन्। मन्त्री बडूले प्रतिवेदन बैठकसमक्ष पेस गरे।

यसपछि सभामुख सापकाेटाले आउँदाे आइतबार दिउँसाे १ बजे  बस्ने गरी बैठक स्थगित गरेकाे जानकारी दिए।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन्। 

प्रकाशित मिति: : 2022-02-18 13:39:00

प्रतिकृया दिनुहोस्