व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत

File Photo
File Photo

ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन्। एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी बाढी र पहिरोमा परी करिब एक सय जनाको मृत्यु भएको छ। 

यहाँ केही दिनदेखि भारी मात्रामा वर्षा भएको बताइएको छ। सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको बताइएको छ। अर्को शहर रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ। यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ। वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ।

बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ। विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ।उनीहरुले विश्वव्यापी उष्णताले अत्यधिक वर्षाबाट आउने बाढीको जोखिम र तीव्रता बढाउँछ। यस महिनाको सुरुतिर पनि मुसलधारे वर्षाका कारण बाढी र पहिरो जाँदा दक्षिणपूर्वी ब्राजिलमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो।

सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो।ब्राजिलका अधिकारीहरुले यहाँ अरु केही व्यक्ति हराएका छन्। त्यस्तै सयौँ व्यक्तिलाई उद्धार गरिएको छ । वर्षा जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: : 2022-02-17 13:26:00

प्रतिकृया दिनुहोस्