अर्थतन्त्र असन्तुलित बन्नुमा घरजग्गाकाे उच्च काराेबार र विलासी वस्तुकाे आयात

क्यापिटल

प्रकाशकुमार श्रेष्ठ

पछिल्लो समय सेयर बजार र घरजग्गाको कारोबार तीव्र रुपमा बढ्दै गएको छ । घरजग्गामा भएको मूल्यवृद्धिले गर्दा ‘वेल्थ इफेक्ट’ ले कर्जाको माग बढ्यो । र, यसले उपभोक्तामा विलासी वस्तुको उपभोग बढायो । साथै आयातको मागसमेत सिर्जना गर्यो । उक्त बढ्दो आयात धान्न रेमिट्यान्स मात्रै पर्याप्त हुन सकेन । त्यसैलाई धान्न कर्जा प्रवाह हुँदा नै आयात बढेको हो । 

अहिले बढ्दो आयातको फाइनान्स गर्न कर्जाको प्रयोग भएको छ ।

कर्जा प्रवाहले आयात बढाउनुका साथै रेमिट्यान्समा गिरावट ल्यायो । जसको दबाबले भुक्तानी सन्तुलन घाटामा गयो । बढ्दो भुक्तानी सन्तुलनले विदेशी विनिमयको सञ्चिति पनि घट्यो । यति मात्रै होइन, बाह्य क्षेत्रमा परेको दबाबसँगै बैंकिङ तरलतामा पनि कमी आयो । तरलता र बाह्य क्षेत्र एक आपसमा अन्तरसम्बन्धित हुन्छन् । 

प्रकाशित मिति: : 2022-02-14 16:35:00

प्रतिकृया दिनुहोस्