हेमन्त विवश
परेन कहिल्यै कुनै दिवसको पर्खाइमा बस्न
दुनियाँले के-के दिवश मनाए कुन्नि
हरेक दिन मनाइरहें मैले
सम्झना दिवस
रोपाईं सकेर खोला छेउमा पुर्याइएका गोरुलाई
पानी छ्याप्दै पखालेझैं
दैवले खुब पखाल्यो आँखाका परेली
तर पनि पखालिएन मनको कुना
जसरी छोडिनौ तिमीले
रातभर सपनीमा सताउन
अनि दिनभर यादका पल्लाभित्र बेरिन
सम्राटै सम्राटले भरिएकाे मुलुककाे एक कुनामा बसेर
चोया मिलाउँदै गर्दा लाग्छ अचेल
अब त डोकोभरी तिम्रो याद बोकेर
पश्चिमको घामझैं सुटुक्क हिँड्न पाए हुन्थ्यो
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया