ओली र जबराबीचको त्यो छलफल, जसले गठबन्धनको हलचल साम्य पार्‍यो

अनलाइनखबर

बिनु सुवेदी

जसरी भए पनि एमसीसी सम्झौता पारित गर्नै पर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको दृढता र बरु सत्ता गठबन्धन छोड्ने तर एमसीसी यही अवस्थामा अनुमोदन गर्न नदिने गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीका नेताहरुका अडानका कारण धर्मराएको थियो सत्ता गठबन्धन।

लगातार चलिरहेको छलफलमा एमसीसी पास गरिछोड्छु र गर्नै दिन्नौं भन्ने नेताहरुको दगलफसलले सत्ता गठबन्धन अब धेरै टिक्दैन भन्ने अनुमान सुरु भइसकेको थियो। तर गठबन्धनमा आवद्ध शीर्ष तीन नेताहरुको छलफलले शनिबार बिहानदेखि फरक रुप लियो।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा शनिबार र आइतबार भएको छलफलमा उनीहरुले तीनवटा विषयको उपाय खोजे। पहिलो प्रतिनिधिसभाबाट एमसीसी परियोजनासम्बन्धी प्रस्ताव अनुमोदन, दोस्रो सर्वाेच्चमा विचाराधीन सभामुख अग्नि सापकोटा र एकीकृत समाजवादीका १४ सांसद विरुद्धको रिटको फैसला र तेस्रो गठबन्धनको भविष्य। यो छलफलको पृष्ठभूमि थियो एमाले अध्यक्ष ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच माघ २२ गते भएको भेटवार्ता।

प्रकाशित मिति: : 2022-02-14 08:26:00

प्रतिकृया दिनुहोस्