किन जग्गा प्लटिङ गर्नेहरु बिक्रीको हतारोमा छन्? कसरी बढ्यो जग्गाको भाउ?

पहिलोपोष्ट

काठमाडाैँ

कोभिडकालमै (डेढ वर्षको अवधिमा) जग्गाको भाउ दोब्बरले वृद्धि भएपछि व्यवसायिक रुपमा लगानी गरेकाहरुले 'नाफा बुक' गर्न थालेका छन्।

उनीहरुलाई जग्गा बिक्री गर्नका लागि सम्भावित 'कडाइ' ले पनि दबाब दिइरहेको छ भने बैंकहरुले पनि लामो समय ऋण नराख्न भनिरहेका छन्।

व्यवसायिक कारोबार गर्नेका लागि अहिले 'फेभरेबल' समय आएकाले बिक्रीका लागि उनीहरु लागेको बैंकरहरु बताउँछन्। व्यवसायीहरु पनि मूल्य दोब्बरले बढेका कारण जग्गा होल्ड गर्न  ठिक नहुने भन्दै धमाधम बिक्री गरिरहेका छन्।

उनीहरुका अनुसार, अलिकति ठूला प्लट, फराकिलो जग्गामा रहेको घरहरु अहिले व्यापक रूपमा बिक्रीमा राखिनुको कारण पनि यही हो। अघोषित वित्तीय सल्लाहकारको भूमिका निर्वाह गरिरहने बैंकरहरुले समेत व्यवसायीलाई मूल्य अब उत्कर्षमा पुगेकाले बाहिरिन सुझाइरहेका छन्।

प्रकाशित मिति: : 2022-02-12 18:38:00

प्रतिकृया दिनुहोस्