सज्जा चौलागाईं : ठमेलको ब्याण्डदेखि नेपाल आइडलसम्म

अनलाइनखबर

अंगद सिंह

बाध्यताले घचेटेको कामले कहिलेकाहीं अवसरसमेत जुराइदिन्छ । बाध्यताबीच रहर र सपनाका पत्र पनि लुकेका हुन्छन् । र, तिनै पत्रहरुले जीवनमा सुवास भर्दै जान्छन् ।

गायिका सज्जा चौलागाईंका लागि संगीत सुरुमा रहर थिएन । काठमाडौंमा गुजाराका लागि मात्रै यसलाई अपनाएकी थिइन् । तर गुजाराभित्रै उनले सपना पनि खोज्न थालिन् । गायनसँग विस्तारै उनको प्रेम झाँगिदै गयो । बाध्यताले संगीतमा होमिएकी सज्जाको सपना नै गायिका बन्ने भयो । त्यो सपना उनको एकहिसाबले अहिले पूरा भएको छ । उनी अहिले देशकी चर्चित गायिका बनिसकेकी छन् । उनीसँग आफ्नै गीतहरु छन् ।

प्रकाशित मिति: : 2022-02-12 12:25:00

प्रतिकृया दिनुहोस्